केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुन्छ- प्रधानमन्त्री


 


लहान,मंसिर २९

प्रधानमन्त्री पुष्पकमल दाहालले अबको केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुने बताएका छन  । प्रेस सेन्टर नेपाल सिरहाद्वारा आज लहानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले यस्तो बताएका हुन ।

प्रधानमन्त्री दाहालले सरकारको सम्पूर्ण ध्यान संविधान कार्यान्वयनप्रति केन्द्रित भएको बताउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन सरकार क्रियाशील रहेको बताए ।

दाहालले संविधान संशोधन प्रस्तावको विरोध गर्नु र आफूमाथि राष्ट्रघाती आरोप लगाउनु गलत भएको टिप्पणी गर्दै ढिलै भए पनि प्रतिपक्षले पनि संशोधन प्रस्तावको पक्षमा आउने विश्वास व्यक्त गरे ।

मधेसबाट चुनाव जितेकाले मधेसप्रति आफ्नो ठूलो जिम्मेवारी रहेको प्रशङ्ग कोट्याउँदै उहाँले मधेसका जिल्लामा खानेपानी, बिजुली, सडकलगायतका पूर्वाधार निर्माणतर्फ सरकारले प्याकेजसहित काम अघि बढाएको बताए ।

पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्मा र कानुनमन्त्री अजयशङ्कर नायकको पनि उपस्थिति थियो ।

 

 

प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्