Deshko News
८ आश्विन २०८०, सोमबार

प्रचण्ड ‘गरिब’ प्रधानमन्त्री



काठमाडौं, मंसिर ३०
प्रधानमन्त्री पुष्पकमल दाहालसहित सरकारका मन्त्रीहरुले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको नाममा छ– तीन तोला सुन र पत्नीका नाममा भरतपुरमा एक कट्ठा जमिन ।
दाहालले पेस गरेको चार पाने सम्पत्ति विवरणमा जम्मा त्यति दुई लाइनमात्रै छ । उनको यत्ति सम्पत्तिको स्रोत पैतृक उल्लेख गरिएको छ।
के साँच्चै दाहालको सम्पत्ति एक कट्ठा जमिन र तीन तोला सुनमात्रै हो र ? प्रधानमन्त्री छँदा वा नरहँदा पनि दाहालको उच्च र वाफिलो जीवनशैली देखेकालाई उनले मन्त्रिपरिषद कार्यालयमा पेस गरेको सम्पत्ति विवरणलाई पत्यारिलो हुँदैन ।
खान लाउनका सौखिन दाहाल समकालीन नेताहरुमा सबैभन्दा बढी ‘ब्राण्ड कन्सस’ छन्। हातमा महँगा ब्राण्डका घडी र ब्रान्डेड कपडाले उनको जीवनशैली महँगो पुष्टि गर्छ।
उनी काठमाडौंको लाजिम्पाटमा तीन रोपनीमा फैलिएको महलमा बस्छन्। विलासी गाडी चढ्छन्।
दाहालको सुकुम्बासी जस्तै देखिने सम्पत्ति विवरणप्रति सामाजिक सञ्जालमा बुधबार सर्वसाधारणले कटाक्ष गरेका थिए। आजको अन्नपुर्ण दैकिमा सामाचार छ ।

प्रकाशित मिति: ३० मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News