एनएमबी डेबिट कार्ड प्रयोग गर्ने ग्राहकलाई २०० रूपैयाँ क्यासब्याक अफर !


 


काठमाडौं, कार्तिक २४ । एनएमबी बैंकले एनएमबी डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि तुरुन्त रु २०० क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

तिहारमा विद्युतीय कारोबार प्रोत्साहन गर्ने उद्देश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म, बैंकको डेबिट कार्ड प्रयोग गरी पोओएस वा ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिने छ ।

क्यासब्याक प्राप्त गर्न एक पटकमा रु १,००० को न्यूनतम भुक्तानी गर्नु पर्नेछ । एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १५७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्