एभरेष्ट बैंकको सञ्चालक समिति अध्यक्षमा डा. वैद्य नियुक्त


 


काठमाडौं, कार्तिक २४ । एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । शुक्रबार सम्पन्न बैंकको ३६० औं सञ्चालक समितिको् बैठकले सञ्चालक समितिका सदस्य डा. वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरको हो ।

साथै नवनियुक्त वैद्यले आज (शुक्रबार) नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । विगत २० वर्षदेखि बैंकको सञ्चालक समिति सदस्य रहेका डा. वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा समेत परिचित थिए ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहिसकेका डा. वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् ।

साथै, उनी बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत रहेका थिए । उनको अध्यक्षतामा एभरेष्ट बैंकले उल्लखनीय प्रगति गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्