देउवाको यस्तो  दाबी ,एमाले अध्यक्ष ओली समस्यामा


 


चितवन , मंसिर ३०

नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताएका छन ।

काग्रेसको चितवन जिल्लाले भरतपुरबाट सुरु गरेको दुई महिने जागरण अभियानको आज उद्घाटन गर्दै देउवाले अस्वीकृत हुने अवस्था भए पनि कुनै हालतमा फिर्ता नहुने बताए ।

संसोधन प्रस्ताव पास गराउन एमालेले सहयोग गर्नुपर्ने भन्दै सभापति देउवाले यदि त्यसो नगरे उसैलाई घाटा हुने बताए । मधेशी र पहाडिलाई झगडा गराउन संसोध प्रस्तावको बिरोध गरेको भन्दै नागरिकबीच दुरी बढाउने कार्य बन्द गर्न आग्रह समेत गरे ।

एमाले अध्यक्ष केपि ओली र तत्कालिन काग्रेस सभापति सुशील कोइरालाले नै पहाड–मधेस टुक्र्याउने सहमतिमा हस्ताक्षर गरेको दाबी गर्दै देउवाले त्यो पालना गर्नुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई गाउँकेन्द्रित तुल्याउन निर्देशन दिदै स्थिर सरकारका लागि गाउँदेखि केन्द्रसम्म कांग्रेसको बहुमत जरुरी रहेको बताए ।

प्रकाशित मिति: ३० मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्