किन विद्यार्थीले सांसदलाई एसएमएस पठाए ?


 


काठमाडौं, मंसिर ३०

संयुक्त विद्यार्थी संगठनले सांसदलाई एसएमएस पठाएका छन । संविधान संशोधनको विरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले संशोधन विधेयक खारेजीको माग गर्दै सबै सांसदहरुलाई मोबाइलमा मेसेज पठाएर ध्यानाकर्षण गराएका छन् ।

बिहीबारदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका विद्यार्थीले संशोधन विधेयक फिर्ता लिन दबाब दिने उद्देश्यले सबै सांसदलाई ‘राष्ट्रघाती संविधान संशोधन विधेयक खारेज होस ।’  भन्दै पठाएका एसएमएस  हुन  ।

संविधान संशोधनको विरोधमा थालेको आन्दोलनका क्रममा शुक्रबार बिहान कपी कलम जुलुस गरिने अनेरास्ववियुका आरसी लामिछानेले जानकारी दिईन  ।

संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको विरोधमा संगठनले यसअघि विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको थियो ।

प्रकाशित मिति: ३० मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्