शक्तिकेन्द्रको दबाब झेल्न नसके अव आउने काठमाडौं प्रहरी प्रमुख नामर्द हुनेछ : पूर्व प्रमुख थापा


 


काठमाडौं, पुस १
नेपाल प्रहरीमा काठमाडौं परिसर प्रमुख हुनु इज्जत र प्रतिष्ठाको विषय हो । यहाँको प्रमुख हुन थुपै्र प्रहरी अधिकृतहरु साम दामको प्रयोग गर्छन् । अहिले काठमाडौं परिसर नेतृत्वविहीन छ ।

एसएसपी प्रमुख हुने यो ठाउँमा अहिले एसपीले निमित्त प्रमुखको जिम्मेवारी बहन गरेका छन् । १५ महिना काठमाडौं प्रहरी प्रमुख बनेका एसएसपी विक्रमसिंह थापाले बिहीबार मात्र अनिवार्य अवकाश पाएपछि अबको केही दिनमै यो ठाउँमा नयाँ एसएसपी आउने छन् ।

तर निवर्तमान एसएसपी थापाले अवकाश पाउँदै गर्दा आफ्नो जे अनुभव व्यक्त गरे, यसले अब आउने एसएसपीले दरो ढंगले उभिएन भने यसअघि प्राप्त साख माटोमा मिल्ने देखिन्छ ।

अवकाश पाउनु अघि सञ्चारकर्मीहरुसँग उनले काठमाडौं परिसरकै कार्यकक्षमा बोल्दै भने, अव आउने परिसर प्रमुखले शक्तिकेन्द्रको दबाब झेल्न नसक्ने हो भने त्यो नेपाल प्रहरीकै नामर्द प्रहरी अधिकृत हुनेछ ।

जागिरे जीवनकालमा सयौं दबाब झेल्नुपरे पनि सत्यका अघि कोही कसैसँग नझुकेकै कारण आफूले अन्तिम अवस्थामा पनि काठमाडौं जस्तो जिल्लाको इन्चार्ज भएर अवकाश पाएको बताए ।

५४ वर्षीय एसएसपी थापाले पहुँच, प्रभाव र प्रलोभनलाई परास्त गर्नसके मात्रै प्रहरीले जनताको मन जित्न सक्ने आफ्नो अनुभव समेत शेयर गरे । सञ्चारकर्मीहरुमाझ शक्तिकेन्द्र, अपराधी, माफिया र व्यापारीलगायतले कसरी आफ्ना स्वार्थ पूरा गर्न प्रलोभन दिन्छन् भन्नेबारे पनि उनले खुलेरै धारणा राखेका थिए ।आजको राजधानी दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: १ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्