कसैले चहादैमा संघीयता खारेज हुदैन : प्रधानमन्त्री


 


पोखरा , पुस १

प्रधानमन्त्री पुष्पकमल दाहालले कसैले चहादैमा संघीयता खारेज नहुने बताएका छन । साथै संविधान संशोधन प्रस्ताव फिर्ता वा थाती राख्ने प्रस्ताव अस्वीकार्य भएको बताए।

प्रेस सेन्टर नेपालले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताए । संघीयताको सम्बन्ध गणतन्त्र, समावेशिता जस्ता परिवर्तनका मुद्दाहरुसँग अन्तर सम्बन्धित रहेकाले कसैले चाहदैमा फिर्ता नहुने दाहालको भनाई थियो।

दाहालले संविधान संशोधन विधेयकमा कुनै पनि दलले बिमति राख्नुपर्ने कारण नभएको समेत स्पष्ट पारे ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव विगतमा प्रतिपक्षी दल एमालेले नै अघि सारेको प्रस्ताव भएको भन्दै अहिले आएर त्यहीँ प्रस्तावको विरोध गर्नुको कुनै अर्थ नरहेको धारणा राखे ।

 

प्रकाशित मिति: १ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्