झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रा : आज सिलगढीमा सभा गर्दै एमाले


 


काठमाडौं । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत आज दिपालयको सिलगढीमा सभा हुँदैछ । पूर्वनिर्धारित कार्ययोजना अनुसार अभियानको दोस्रो दिन एमालेले सिलगढीमा सभा गर्न लागेको हो ।

बिहीबार वैतडीको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले झन्डा फहराएर अभियानको उद्घाटन गरेका थिए । पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गरिएको थियो ।

तेस्रो दिनको सभा मंगलसेनमा हुने एमालेले जनाएको छ । एमालेले पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रा सुरु गरेको हो । उसले लोकमार्ग केन्द्रित अभियानलाई ‘समृद्धिका लागि समृद्धिको यात्रा’ नारा दिएको छ ।

एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राका क्रममा जनताको गुनासो सुन्ने एमालेले जनाएको छ । मध्यपहाडी लोकमार्गको पश्चिमको अन्तिम बिन्दु रहेको बैतडीको झुलाघाटबाट गरिएको संकल्प यात्राको महाअभियानलाई महत्वकासाथ हेरिएको छ। ओलीको नेतृत्वमा सञ्चालन हुने अभियान ३ हप्तासम्म चल्ने छ।

प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्