प्रसाईं समर्थकद्वारा बैंकका सहायक म्यानेजरमाथि दुर्व्यवहार, एकजना पक्राउ


 


झापा, मंसिर १९ । दुर्गा प्रसाईंका समर्थकले झापास्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) बैंकका सहायक मेनेजर दिनेश पनेरुमाथि दुर्व्यवहार गरेका छन् ।

प्रसाईं समर्थक देवी सङ्ग्रौलासहितको समूहले उनलाई दुर्व्यवहार गरेका हुन् । ऋणको विषयमा छलफल गर्न भन्दै सङ्ग्रौला सहितको समूहले पनेरुलाई घरबाट चिया पसलमा जबरजस्ती लगेकाे र त्यहाँ दुर्व्यवहार गरेको आरोप छ ।

दुर्व्यवहार संलग्न देवी सङ्ग्रौलालाई पक्राउ गरिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बताए ।

उनका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा दुवै पक्षबिच छलफल भइरहेको छ ।

प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्