राष्ट्रियसभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह


 


काठमाडौं । निर्वाचन आयोगले माघ ११ हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ । यसअघि सार्वजनिक भएको चुनावी कार्यतालिकाअनुसार आयोगले शुक्रवार सूचना प्रकाशित गरेको हो ।

राष्ट्रियसभा चुनावका लागि पर्सि मङ्सिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ता गर्न आयोगले भनेको छ । चुनावी कार्यतालिकाअनुसार पुस १ गते दलहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ ।

यस्तै पुस ४ गते दर्ता भएका दलहरूको अन्तिम नामावली प्रकाशित हुनेछ । पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ ।

पुस २० गतेदेखि २९ गतेसम्म मतदाता नामावलीको नाम प्रकाशित गर्ने, त्यसमाथि दाबी विरोध तथा उजुरीहरू लिने, अन्तिम नामावली प्रकाशित गर्ने, उम्मेदवारको मनोनयन दर्ता गर्ने, त्यसमाथि दाबी, विरोध, उजुरी लिने, त्यसमा जाँचबुझ गर्ने, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने, फिर्ता लिने लगायतका कामहरू हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्