लुम्बिनी विकास बैंकले लाभांश वितरण गर्ने


 


काठमाडौं, मंसिर २६ । लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले चार प्रतिशत बोनस सेयर र कर सहित ४।५० प्रतिशत नगद गरी कुल ८।५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् ।

गत वर्ष बैंकले ३ प्रतिशत बोनस सेयर र कर सहित ९ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्