ग्लोबल आइएमई बैंकले दिँदैछ सस्तो व्याजदरमा ‘होमलोन’


 


काठमाडौं, पुस ६ । ग्लोबल आइएमई बैंकले घर किन्न तथा बनाउन सस्तो कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले न्युनतम ९.९९ प्रतिशत ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा सीमा भएको विशेष घर कर्जा (होमलोन) योजना सार्वजनिक गरेको हो ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको जनाएको छ ।

साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाहरूले पनि सहज रूपमा कर्जा सार्न (स्वाप) गर्न सक्ने बैंकले जनाएको छ ।

विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढी अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने बैंकले जानकारी दिएको हो ।

ग्राहकलाई छिटो, छरितो एवंम सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रही आवश्यक कागजातहरु पेश गरेको ३ कार्य दिन भित्र बिना झन्झट कर्जा प्रवाह गर्ने बैंकको दाबी छ ।

बैंकले सबै जिल्लामा रहेको बैंकका ३५५ वटै शाखाबाट यो सुविधा उपभोग गर्न सक्ने पनि जनाएको छ ।

प्रकाशित मिति: ६ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्