नेपालको यती पर्‍यो २०२४ मा चढ्न नहुने तीन विश्वका एयरलाइन्सको सूचीमा


 


काठमाडौं । नेपालको यती एयरलाइन्ससहित विश्वका तीन एयरलाइन्स सन् २०२४ मा हवाई यात्रुहरुले चढ्न नहुने विमान कम्पनीहरुमा परेका छन् ।

टकरन्यूज डट कोले सोमबार सार्वजनिक गरेको सूचीअनुसार नेपालको यती एयरलाइन्स, इन्डोनेसियाको लायर एयर र पपुवा न्यू गीतिको पिएनजी एयर चढ्न नहुने तीन हवाई कम्पनीमा परेका हुन् ।

एयरलाइन्स रेटिङको तथ्यांकलाई आधार मानेर बनाइएको सूचीमा यती एयरलाइन्स पनि परेको समाचारमा उल्लेख छ । सात स्टारमा तीनभन्दा कम ल्याउने एयरलाइन्स यो सूचीमा परेका हुन् ।

सो सूचीमा नेपालको यती एयरलाइन्स पनि परेको छ । यतीबारेको व्याख्यामा नेपालको औसतभन्दा माथिको हवाई सुरक्षा भएपनि नेपालको जटिल भूबनोटदेखि यती एयरलाइन्सको घातक दुर्घटनाका इतिहासले गर्दा चढ्न नहुने भनेर व्याख्या गरिएको छ ।

‘नेपालको समग्र उडान सुरक्षा कार्यसम्पादन औसतभन्दा माथि भए पनि यति एयरलाइन्सले गम्भीर चिन्ता व्यक्त गर्दै धेरै घातक दुर्घटनामा संलग्न भएको छ’ टकरन्यूज डट कोमा उल्लेख छ ।

प्रकाशित मिति: २५ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्