बैंकहरुले थप घटाए ब्याजदर, कुन बैंकको कति ?


 


काठमाडौं, पुस २९ । वाणिज्य बैंकहरुले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिँदै माघ १ गतेदेखि लागू हुनेगरि ब्याज दर घटाएका छन् ।

लगानीयोग्य रकम उल्लेख्य मात्रामा भए पनि ऋण माग नभएपछि बैंकहरुले घाटा कम गर्न यस्तो रणनीति अपनाएका हुन् ।

असोजमा नेपाल राष्ट्र बैंकले मौद्रिक समीक्षा गर्दै नीतिगत तथा बैंक दर घटाएको थियो । नियामकको सो नीतिगत निर्णय पछि वाणिज्य बैंकहरुले पनि उल्लेख्य मात्रामा ब्याज घटाउँदै आएका हुन् ।

पछिल्लो पटक यसरी ब्याजदर कम गर्नेमा एनएमबि र एभरेष्ट बैंक भने समावेश छैनन् । यी दुई बैंकले क्रमश ९ प्रतिशत र ८ प्रतिशतको ब्याजदर यथावत् राखेका छन्।

ब्याज घटाउने क्रममा सरकारी बैंक मध्ये कृषि विकाश बैंकले ९ प्रतिशतबाट ७ प्रतिशतमा ब्याजदर झारेको छ भने नेपाल बैंकले ८.५५ प्रतिशतबाट ८ प्रतिशतमा र राष्ट्रिय वाणिज्य बैंकले ८.६१ प्रतिशतबाट ८.०७ मा झारेको छ ।

नयाँ ब्याजदर तोक्ने क्रममा प्राइम कमर्सियल बैंकले ८.१, माछापुच्छ्रे ८, नेपाल एसबिआइ ८.२५ र कुमारी बैंकले ८.११ प्रतिशत ब्याजदर माघ महिनाको लागि तोकेका छन् ।

त्यसैगरी, प्रभु बैंक ८.०६५, सानिमा ८.१५, लक्ष्मी सनराइज ८, एनआइसी एसिया ८.०६५ र नबिल बैंकले ८.१ प्रतिशत ब्याज निर्धारण गरेका छन् ।

ग्लोबल आइएमइले ८.१, स्ट्यान्डर्ड चार्टर्डले ८, एभरेस्टले पनि ८ प्रतिशत नै तोक्दा नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले भने ८.६ प्रतिशत ब्याजदर तोकेको छ ।

अन्य बैंकहरु मध्ये सिटिजन्सले ९.१५ को सर्वाधिक उच्च ब्याजदर राख्दा सिद्धार्थ बैंकले ८.१ र हिमालयन बैंकले ८.१५ प्रतिशत कायम गरेका छन् ।

प्रकाशित मिति: २९ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्