१२० वर्षका वृद्ध भन्छन् – यौन सम्बन्ध नराखेकाले धेरै बाँचे !



१ सय २० वर्षका वृद्ध पुजारी स्वामी शिवानन्दले आफू धेरै बाँच्नुको रहस्य खुलाएका छन् । उनी भन्छन्, यौन सम्बन्ध नराखेकाले म यति धेरै बाँचेको हुँ ।

स्वामी शिवानन्दको पासपोर्ट अनुसार उनको जन्म सन् १८९६ अगस्ट ८ तारिखमा भएको हो । यदि त्यो साचो हो भने उनले तीन फरक शताब्दी देखिसकेका छन् ।

उनी अझै दैनिक योग गर्ने गर्छन् । उनी स्वस्थ छन् । आफ्नो भनाई पुष्टी गर्नका लागि उनी अहिले गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउने तयारीमा छन् ।

अहिले यो रेकर्ड जापानका १ सय १६ वर्षका रिजोमोन किमुराको नाममा छ । भारत बनारसका शिवानन्द एकदमै गरिब परिवारमा जन्मिएका हुन् । उनी पछि पुजारी बने । उनी आफ्नो लामो आयुको श्रेय योग, अनुशासन र अविवाहित जीवनलाई दिन्छन् ।

‘म एकदम सादा र अनुशासित जीवन बाँचिरहेको छु, सबै उमालेका खानेकुरा मात्र खान्छु, तेल र तारेका खानेकुरा खाँदिन’ उनले भने । यतिसम्म की उनी दूध र फलफूलसमेत खाँदैनन् ।

उनी ६ वर्षको हुँदा उनका आमाबुवा बितेका थिए । उनका आफन्तले उनलाई एक गुरुको आश्रयमा छाडिदिए । उनी आफू चर्चित हुनका लागि वल्र्ड रेकर्डमा नाम लेखाउन लागेको नभई अरुले आफूबाट केही सिक्न सकुन् भन्ने चाहेको बताउँछन् ।

‘म चाहन्छु मानिस हाँसी खुसी स्वस्थ रहुन्’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News