माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी


 


काठमाडौं, माघ १५ । माछापुच्छ्रे बैंकले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैंकिङ्ग प्रवद्र्धन अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको छ । उक्त साझेदारी अन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम ‘एसएक्ससी सेन्डबक्स’लाई प्रायोजन गरेको हो ।

‘एसएक्ससी सेन्डबक्स’ एक आईटी सम्बन्धी रमाइलो ४८ घण्टा अवधिको ह्याकाथन कार्यक्रम आयोजना गरेको थियो जहाँ सहभागीहरूलाई सूचना तथा प्रविधि सम्बन्धी कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गर्दछ ।

उक्त कलेजसँग आन्तरिक कार्यक्रम ‘एसएक्ससी सेन्डबक्स’ लाई प्रयोजन गरी यसबाट विजेता टिमलाई ६ महिनाको लागि बैंकले आफ्नै निगरानीमा राखी विभित्र आन्तरिक तथा ग्राहकमुखी ‘इनोभेसन’ सम्बन्धी काम गर्नको लागि आवश्यक अवसर प्रदान गर्नेछ । जसले गर्दा बैंकले आईटी विषय लिई अध्यनरत विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान लिन प्रभावकारी भुमिका खेल्न मद्दत गर्ने विश्वास गरिएको छ ।

यस प्रकारको सम्झौताले माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजको सम्बन्धमा नयाँ आयाम थपेको बैंकले जनाएको छ ।

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै गएको माछापुच्छ«्रे बैंकले देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गरिरहेको छ ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्