तीनवटा संसदीय समितिको बैठक आज, के-के छन् एजेण्डा ?


 


काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने शिक्षा समितिको बैठकमा सुरक्षा मुद्रण विधेयकबारे छलफल गरिने छ ।

बिहान ११ बजे नै बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा संघीय संसद भवन निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल गरिने बताइएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सोह्रौं पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैंगिकमैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरूका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्