प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने


 


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागको हो ।

सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ ।

सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूचीमा रहेको छ ।

त्यस्तै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बधी पत्र पढेर सुनाउने कार्यक्रम छ ।

साथै अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्