कांग्रेस महासमिति बैठक आजदेखि, प्रवेश शुल्क ३ हजार !


 


काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि शुरू हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि कांग्रेस महासमिति बैठक शुरू हुन लागेको हो ।

बैठकको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन अपराह्न गर्ने कार्यक्रम छ । बैठकमा यही फागुन ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन भएका प्रतिवेदनमा छलफल हुनेछ ।

बैठकको सम्पूर्ण तयारी पूरा भएको पार्टीका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने छन् ।

महासमिति बैठकमा सहभागी हुने प्रत्येकलाई ३ हजार रुपैयाँ शुल्क तोकिएको छ। महासमिति बैठकमा करिब दुई करोड रुपैयाँ खर्च हुने अनुमान छ। त्यसैले पार्टीका व्यवसायिक व्यक्तिहरुबाट चन्दा संकलन पनि गरिएको कांग्रेसले जनाएको छ।

प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्