कांग्रेस महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिने


 


काठमाडौं । सोमबार दिउँसो ललितपुरको गोदावरीमा उद्घाटन भएको नेपाली काँग्रेसको महासमिति बैठक आज बिहान ९ बजेबाट सुरु हुने भएको छ ।

सांगठनिक प्रतिवेदनमा विवाद भएपछि उद्घाटन सत्रपछि बैठक रोकिएको थियो । महासमिति बैठकमा आजबाट बन्दसत्र सुरु हुँदैछ ।

बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेश गर्ने तय भएको छ।

प्रतिवेदनमा भएको विवादपछि काँग्रेसको महासमिति बैठकको कार्यतालिका प्रभावित भएको छ । चुनावमा गठबन्धन गर्न नहुने महामन्त्री गगन थापाको सांगठनिक प्रतिवदेनमा असहमति जनाउँदै सभापति शेरबहादुर देउवाले बन्दसत्रको तालिका सारेर पदाधिकारीसँग छलफल गरेका हुन् ।

१० गतेसम्म चल्ने काँग्रेसको महासमिति बैठकमा झण्डै २२ सय प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्