१ करोड ३७ लाख रुपैयाँ चोरेको आरोपमा वाणिज्य बैंकका कर्मचारी पक्राउ


 


काठमाडौँ, फागुन ८ । राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका एक कर्मचारी पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बैंकका कनिष्ट सहायक रोहित कुमार ओझालाई पक्राउ गरेको हो ।

नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर ओझाले १ करोड ३७ लाख ८६ हजार रकम आफ्नो र अन्य व्यक्तिको खातामा ट्रान्सफर गरेको आरोप छ ।

प्रारम्भिक अनुसन्धानबाट १ करोड ३७ लाख ८६ हजार रकम नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर चोरी गरेको भेटिएको सिआईबीका सूचना अधिकारी (एसपी) होबिन्द्र बोगटीले बताए ।

आरोपीबरुद्ध ब्यूरोले जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्