एमाले केन्द्रीय कमिटी बैठक : आजबाट समूहगत छलफल


 


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल हुने भएको छ । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने भएको हो ।

छलफलका लागि नौवटा समूह बनाइएको छ । समग्र केन्द्रीय कमिटीको टिमलाई नौवटा समूहमा विभाजन गरिएको हो ।

पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरूको समूह बनाइएको छ ।

आज बिहान १० बजेबाट समूहगत नियमित छलफल हुनेछ । छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी केन्द्रीय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्नेछ ।

छलफलमा आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्नेछ ।

प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्