किन रेफ्री राई माथि कुटपिट भयो ?


 


काठमाडौं,पुस १२

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिवलका रेफ्री बिनय राई माथि कुटपिट भएको छ । गलत निर्णय गरेको भन्दै पश्चिमाअञ्चलका खेलाडीले भलिबल कोर्टमै रेफ्री माथि कुटपिट गरेका हुन् ।

मंगलबार भएको सेमिफाइनलमा आर्मीले पश्चिमाअञ्चललाई हरायो । पहिलो सेट जितेको पश्चिमाअञ्चलले त्यसपछि लगातार तीन वटा सेट गुमायो । अहिले घटनाका बिषयमा रेफ्रिहरुको बैठक बसिरहेको छ ।

प्रकाशित मिति: १२ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्