सानिमा रिलायन्सले दियो असहायहरुलाई कृत्रिम हातखुट्टा


 


काठमाडौं, फागुन १० । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाई एक लाख रुपैयाँ बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ ।

रोटरी क्लब अफ नारायणगढले आयोजना मंगलबार आयोजना गरेको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिबनाथ पाण्डेले उक्त सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले पाँच ओटा कृत्रिम खट्टाहरू र तीन ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो ।

कार्यक्रममा कम्पनीको डेपुटी सिईओ नीराजन कंडेल, एरिया म्यानेजर ईशा प्रधान लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्