माछापुच्छ्रे बैंकको डिजिटल कारोबारमा समस्या आए मोबाइलबाटै रिपोर्ट गर्न मिल्ने


 


काठमाडौं, फागुन २० । माछापुच्छ्रे बैंकले डिजिटल कारोवारमा समस्या आए मोबाइलबाटै रिपोर्ट गर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ ।
बैंकले डिजिटल माध्यमबाट भएका कारोबारमध्ये कुनै कारोबार असफल भएमा मोवाईल बैंकिङ्ग एपरवेबसाईट मार्फत बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा संचालनमा ल्याएको हो । जस अन्तर्गत असफल भएको कारोबारलाई रिर्पोट गरी सो रिपोर्टको प्रगति कुन चरणमा पुगेकोछ भन्ने कुराको अपडेट हेर्न सकिन्छ ।

साथै असफल कारोबारको समस्या समाधान पश्चात रकम फिर्ता भएकोे जानकारी मेसेज र ईमेलबाट ग्राहकलाई गराइनेछ । असफल कारोबारको रकम खातामा फिर्ता लिनको लागि ग्राहक बैंकसम्म आउनुपर्ने, फोन गरिरहनुपर्ने झन्झटबाट मुक्त गराउन यस्तो सुविधा प्रदान गरेको बैंकले जनाएको छ ।

यस अन्र्तगत ग्राहकले आफ्नो मोवाईल बैंकिङ्ग एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिर्पोट गर्न सक्नेछन् । यसरी ग्राहकको रिर्पोट प्राप्त भएपछि बैंकले उक्त कारोबारको बारेमा आवश्यक प्रकृया अगाडि बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्वन्धित रकम आफै फिर्ता गर्नेछ ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्