गरिमा विकास बैंकद्वारा ब्लु डायमण्ड सोसाईटीका लागि वित्तीय जागरण


 


काठमाडौं, फागुन २९ । गरिमा विकास बैंक लिमिटेडले ब्लु डायमण्ड सोसाईटीका एलजीबिटिआईक्यू समूहका लागि वित्तीय जागरण सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

‘वित्तीय जागरण, आजको आवश्यकता’ भन्ने मूल नारासहित बैंकको चावहिल शाखाले एक कार्यक्रमको आयोजना गर्दै सहभागीहरूलाई व्यक्तिगत वित्तीय व्यवस्थापन, डिजिटल फ्रडबारे सचेतना, बचत, कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको हो ।

कार्यक्रममा ब्लु डायमण्ड सोसाईटीको तर्फबाट अध्यक्ष शितल पिंकी गुरुङसहितको उपस्थिति थियो भने गरिमा विकास बैंकको तर्फबाट जोखिम व्यवस्थापन विभाग प्रमुख दिपक राज भण्डारी, लाजिम्पाट क्षेत्रीय कार्यालय प्रमुख रमेश रिजाल, चावहिल शाखा प्रमुख ईक्षा भण्डारी र अन्य कर्मचारीहरूको उपस्थिति थियो ।

ब्लु डायमण्ड सोसाईटीको तर्फबाट कार्यक्रममा उपस्थित सहभागीहरूलाई यस कार्यक्रमले वित्तीय ज्ञान प्रदान गर्ने र आत्मनिर्भर बन्न सघाउ पुग्नुका साथै सकरात्मक प्रभाव पार्ने बैंकले विश्वास लिएको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय र एक एक्सटेन्सन काउण्टर छन् । साथै बैंकले ५१ वटा एटिएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्