नोट प्रतिबन्धको ५० दिनपछि पनि यस्तो भने मोदीले



एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ वर्ष सन् २०१७ को पूर्वसन्थ्यामा शनिबार देशबासीका नाममा सम्बोधन गर्दै करिब २ महिनाअघिको सम्बोधनका क्रममा गरेको नोटबन्दीको निर्णयको प्रसंशा गरेका छन् ।

सम्बोधनको अधिकांश समय नोटबन्दीको प्रशंसामा नै विताएका उनले आफुले तथा आफ्नो सरकारले गरेको निर्णयले आतंकवाद, नक्सलवाद र जाली नोटमाथि गहिरो चोट परेको दाबी गरेका थिए । उनले यसलाई ‘शुद्धि यज्ञ’ भन्दै यसमा देशवासीले देखाएको धैर्यताको प्रसंशा समेत गरे ।

मोदीले सम्बोधनका क्रममा बैंकिङ प्रणालीलाई सरल र सामान्य बनाउने प्रतिवद्धता समेत व्यक्त गर्दै भने, ठूला नोटबाट केबल महंगी र कालोधन बढिरहेको थियो र गरिबको अधिकार खोसिरहेको थियो ।’

प्रधानमन्त्री मोदीले आफ्नो सरकार सज्जनको मित्र र दुर्जनलाई सज्जन बनाउने पक्षमा भएको बताउँदै सरकार र देशबासी भ्रष्टाचारका विरुद्ध काँधमा काँध मिलाएर लडिरहेको बाए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News