माछापुच्छ्रे बैंकले निर्माण गर्यो कैलालीको शैलेश्वरी माविमा ८ वटा शौचालय


 


धनगढी, चैत ९ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, गोदावरी नगरपालिकाको वडा नं. ६ बडेहास्थित श्री शैलेश्वरी माध्यामिक विद्यालय परिसरमा आठ वटा शौचालय निर्माण गरेको गरेको छ ।

बिहीबारका एक औपचारिक कार्यक्रमकाका बैंकले निर्माण गरेका आठ वटा शौचालयहरु विद्यालय व्यवस्थापन समिति एंव विद्यालय प्रशासनलाई हस्तातरण गरिएको हो ।

उक्त शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष जहरु साउँदले बैंकले कैलाली जिल्लाको सरकारी स्कुललाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि माछापुच्छ«े बैंकले जस्तै अन्य संघसंस्थाहरुले पनि स्थानीय निकायहरुसंग मिलेर अन्य यस्तै कामहरु गर्दै गएको खण्डमा देशका हरेक सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार हुदै जाने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका महाप्रबन्धक प्रसिद्धराज अर्यालले बैंकले आफ्नो विद्यालय संचालनका लागि अति आवश्यक पर्ने शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाएपश्चात बैंकले उक्त शैलेश्वरी उच्च माध्यामिक विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गरेको जानकारी गराउँदै भविष्यमा पनि अन्य यस्ता थुपै सामाजिक कार्यमा सहयोग गर्न बैंक सधै अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै साही कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थपन समितिका अध्यक्ष खगराज पाठकले माछापुच्छ्रे बैंकले आफ्नो विद्यालयप्रति गरेको सामाजिक कार्यको सराहना गर्दै यस्ता सहयोगले विद्यालय संचालनका लागि उत्प्रेरणा मिल्ने बताउनुभयो ।

एक हजार आठ सय भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षक/कर्मचारी कार्यरत रहेको सो विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था नाजुक रहेको हुदाँ विद्यार्थी एंव शिक्षकहरुले भोगिरहेको समस्यालाई मध्यनजर गरि बैंकले विद्यालय परिसरमा आठ वटा शौचालय तथा सेफ्टी ट्याङ्कीको निर्माण गरेको हो ।

बैंकले निर्माण गरेका आठ वटा शौचालयहरु मध्ये दुई वटा विद्यालयका कर्मचारी, तीन वटा महिला तथा नीन वटा पुरुष विद्यार्थीले प्रयोग गर्नेछन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।

प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्