जंगलमा भेटियो वेवारिसे पेस्तोल


 


रूकुम पूर्व, चैत १३ । सिस्ने गाउँपालिका-५ कमलदहस्थित जंगल नजिक ओढारबाट वेवारिसे अवस्थामा एक थान पेस्तोल सोमबार साँझ प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले गस्ती गर्दै जाने क्रममा उक्त जंगलमा लुकाई छिपाई राखेको उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्