यस कारण ३५ रुसी कुटनीतिज्ञले अमेरिका छाडे



एजेन्सी,  पुस १८

अमेरिकी राष्ट्रपति बाराक ओबामाबाट निश्कासित ३५ जना रुसी कूटनीतिज्ञले अमेरिका छाडेका छन् । निष्काशनमा परेका कूटनीतिज्ञ आफ्नो परिवारसहित अमेरिका छाडेको विवीसीले जनाएको छ ।

गत नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा साइबर आक्रमणमा संलग्न रहेको आरोप लगाउँदै ओबामाले ती कूटनीतिज्ञलाई ७२ घण्टाभित्र अमेरिका छाड्न निर्देशन दिएका थिए।

राष्ट्रपति ओबामाले रुसले अमेरिकी अधिकारीलाई निकै दुःख दिएकाले कठोर कदम चाल्नुपरेको जिकीर गरे। ओबामाको यस्तो कदमपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफूहरु गैरजिम्मेवार कूटनीतिमा नअल्झने प्रतिक्रिया दिए ।

नवनिर्वा्चित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनको भनाइको प्रशंसा गर्दै रुसमाथि लगाइएको आरोपको छानबीन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News