कारागारमा भएकामे झडपमा ५६ जनाको मृत्यु


 


एजेन्सी, पुस १९

ब्राजिलको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । ब्राजिलको एमेजोनस राज्यस्थित मानअसमा लागूऔषध तस्करीको आरोपमा पक्राउ गरी राखिएका कैदी बन्दीबीच झडप हुँदा थुप्रै घाइते भएका छन् ।

कैदीबन्दीका दुई समूहबीच भएको झडपको मौका पारेर केही फरार भएका छन् । करिब १७ घण्टासम्म चलेको भिडन्तपछि कैदीहरुले हतियारसहित आत्मसमर्पण गरेको बताइएको छ । कैदीबन्दीले नियन्त्रणमा लिएका १२ जना सुरक्षागार्ड पनि मुक्त भएका छन् ।

घटनापछिको छानबिनका क्रममा कारागारको पर्खालमा हतियार लुकाएर राखेको भेटिएको थियो । ब्राजिल विश्वमै चौथो बढी कैदीबन्दी भएको मुलुक हो । जहाँ ६ लाख कैदीबन्दी छन् । झडप भएको समयमा कारागारमा १२ सय २४ जना रहेको बताइएको छ ।

कारागारको क्षमता भने ४ सय ५४ कैदी बन्दी राख्ने रहेको छ ।

प्रकाशित मिति: १९ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्