भोजपुरमा जहाज उडाउने तयारी हुँदै 


 


भोजपुर, असाphoto 1 (8)र २
विमानस्थल बन्द भएको झण्डै सात महिनपछि भोजपुरमा हवाई उडान हुने भएको छ । विमानस्थल सुधारको कालोपत्रे बाहेक अन्य कार्य सकिन लागेकोले हवाई उडान शुरु हुन लागेको हो ।

विमानस्थलको कालोपत्रे हिउँदयाममा मात्र हुने भएपछि भोजपुरमा जहाज उडाउने तयारी शुरु गरिएकाे हो ।विमानस्थलको स्तरोन्नती हुन थालेपछि गत मंसीर ९ गतेबाट विमानस्थलसँगै हवाई उडान बन्द भएको थियो ।

शुक्रबारसम्ममा विमानस्थलको काम सकिने नागरिक उड्यन प्राधिकरण भोजपुरका प्रमुख शोमेश थापाले बताए । शुक्रबारसम्म कालोपत्रे बाहेक विमानस्थलको सबै काम सकिन्छ, त्यसपछि जहाज उडाउनका लागि विमानस्थल तयार हुने उनले जानकारी दिए ।

कालोपत्रे हिउँदमा मात्र हुने भएपछि लामो समयसम्म विमानस्थल बन्द गराउँदा सर्वसाधारणमा समस्या हुने भएकोले जहाज उडाउने तयारीमा रहेको उनले बताए । प्राधिकरणका अनुसार असार पहिलो हप्ता परीक्षण उडानको तयारी हुँदैछ ।

यस्का लागि इन्जिनियरको टोली विमानस्थल निरिक्षणका लागि भोजपुर अाएको छ । इन्जिनियरको टोलीले निर्माणाधिन विमानस्थलको निरिक्षण गरेसँगै परीक्षण उडान गर्ने र नियमित उडान शुरु हुने प्राधिकरणले जनाएको छ ।

हवाई उडानका लागि सबै चिन्हहरु तयार पारीएको छ । लामो समयसम्म उडान बन्द हुँदा सबैभन्दा बढी बिरामी मारमा परेका छन् ।यतिबेला भोजपुरमा हवाई उडान नहुँदा विरामीहरु हेलिकोप्टरलाई एम्बुलेन्स बनाउन बाध्य छन् ।

बर्खा लागेकाले सडक यातायात भरपर्दा नहुँदा भोजपुरवासी समस्यामा परेका हुन् ।

र यो पनि पढ्नुहोस्

कस्तो छ अहिले भोजपुर विमानस्थल

प्रकाशित मिति: २ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्