किन १३ जना नोबेल पुरस्कार विजेताले राष्ट्रसंघलाई चिठ्ठी लेखे ?


 


एजेन्सी, पुस २०

बर्मामा मुस्लिममाथि बर्बर दमन भएको भन्दै १३ जना नोबेल पुरस्कार विजेताहरुले आपत्ति जनाएका छन् । १३ जना नोबेल पुरस्कार विजेताले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदलाई चिठ्ठी लेखेर बर्मामा मुस्लिममाथि दमन गरिएको दावी गरेका हुन् ।

यसलाई मानवीय त्रासदीको संज्ञा दिँदै उनीहरुले नश्लीय सफाया र मानवताविरुद्धको अपराध भइरहेको चेतावनी दिएका हुन् । मूल निवासी मानिने रोहिंग्या मुस्लिममाथि आक्रमण भइरहेको उनीहरुले जनाएका हुन् । बितेको दुई महिनामा रोहिंग्या मुस्लिम अल्पसंख्यकविरुद्ध म्यानमार सैनिकले गरेको कार्वाहीमा सयौं मारिएको र ३० हजारभन्दा बढी ब्यक्ति बेघर भएको चिठ्ठीमा दावी गरिएको छ ।

घर जलाइएको, महिलालाई बलात्कार गरिएको, बच्चाको हत्या गरिएको तथा उक्त क्षेत्रमा मानवीय सहायतासमेत नदिइएको जस्तो गम्भीर आरोप बर्मा सरकारमाथि लगाइएको छ । बर्मामा हाल नोबेल पुरस्कार विजेता एवं प्रजातन्त्रवादी नेतृ आङ साङ सूची नेतृत्वको सरकार रहेको छ ।

प्रकाशित मिति: २० पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्