सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड


 


काठमाडौं, वैशाख ७ । नेपाली बजारमा सुनको मूल्यमा आज (शुक्रबार) अर्को नयाँ रेकर्ड कामय भएको छ ।

सुन आज तोलामा सात सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको छ । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो ।

सुनको मूल्य यसअघि सबैभन्दा बढी बुधबार प्रतितोला एक लाख ३९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार सात सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्