ध्यानाकर्षण प्रस्ताव दर्ता गराउँदै विपक्षी दल
काठमाडौँ । विपक्षी दलहरूले सार्वजनिक महत्वको विषयमा आज राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता गराउँदै छन् ।
कांग्रेसको प्रस्तावमा विपक्षी दलहरूले बिहान ११ बजे गृहमन्त्रीको ध्यानाकर्षण गराउँन राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता गराउन लागेका हुन् ।
मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे प्रमुख विपक्षी नेपाली कांग्रेसको प्रस्तावमा विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० र जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थनमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराउने तयारी छ ।
प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार







