Deshko News
१६ आश्विन २०८०, मंगलबार

कपाल झरेर हैरान हुनुहुन्छ ? त्यसो भए यसो गर्नुस्



हिजोआज युवावस्थामा नै कपाल झर्ने समस्याले अधिकांस पीडित र चिन्तित् छन् । कपाल झर्ने समस्या कसैका लागि तनाव र चिन्ताको कारण पनि हुनसक्छ । वंशानु गुणका कारण पनि युवावस्थामै कपाल झर्न सक्छ । तर महिलाहरुमा भने यो समस्या ३० वर्षको उमेरपछि देखा पर्न सक्छ ।

यस्तै, खानपान, प्रदूषित पर्यावरण, औषधिहरुको नकरात्मक प्रभाव तथा अन्य केही कारणले पनि कम उमेरमै कपान झर्ने समस्या देखिन सक्छ । यदी तपाईंलाई पनि कपाल झर्न समस्या र कपाल झरिसकेको छ भने यी दुई घरेलु उपाय अपनाउनुस् ।

, जटामांसीलाई नरिवलको तेलमा उमाल्ने । सेलाएपछि यो तेललाई एउटा बोतलमा राख्ने । र दैनिक रुपमा सुत्नु अघि कपाल झरेको स्थानसहित टाउकोमा यो तेलले मालिस गर्ने । यसो गर्दा कपाल झर्ने समस्या हट्नुको साथै झरेको स्थानमा फेरि आउने सम्भवना रहन्छ ।

, नुन र कालो मरिच एक एक चम्चा र नरिवलको तेल पाँच चम्चा मिलाएर कपाल झरेको  स्थानसहित टाउकोमा लगाउँदा पनि कपाल झर्ने समस्या हुँदैन । र कपाल झरिसकेको स्थान पनि फेरि कपाल आउने सक्ने सम्भावना हुन्छ ।

प्रकाशित मिति: ३ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News