आहा रारा गोल्डकपको उदघाटन खेलमा सहारा र सुदूरपश्चिम-११ खेल्दै



पोखरा , माघ ४

१५ औं आहा रारा गोल्डकप फुटबल मंगलबार बाट पोखरामा सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र सुदूरपश्चिम–एघार स्पोर्टिङ क्लब भिड्ने भएका छन् । उद्घाटन खेलको विजेताले माघ ८ गते युनाइटेड सिक्किम भारतसँग अन्तिम चारका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ ।

युनाइटेड सिक्किम, बंगलादेशी क्लब, आर्मी क्लब र मनाङ मस्र्याङदी क्लब बाई पाएर सिधै क्वाटरफाइनल खेल्नेछन् । प्रतियोगितामा तीन विभागीय र तीन विदेशी टिमसहित १२ टिम सहभागी हुने छन् । प्रतियोगिताको फाइनल खेल माघ १५ गते हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख एक हजार एक नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेतालाई दुई लाख ५१ हजार एक रुपैयां नगद पुरस्कार प्रदान गरिने क्लबका महासचिव एबं प्रचार संयोजक केशबराज बरालले जानकारी दिए ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एक थान हिरो स्कुटर प्रदान गरिने भएको छ । त्यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राईकर र प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वा्धिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News