अमेरिकाका सिनेटरले ट्रम्पको शपथ समारोह बहिष्कार गर्ने



एजेन्सी,  माघ ५

अमेरिकाका सिनेटरले आफ्नै देशका राष्ट्रपतिको शपथ समारोह बहिष्कार गर्ने भएका छन् । ५० जना सिनेटरले आउँदो शुक्रबार हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको औपचारिक सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने प्रष्ट गरेका हुन् । यसरी बहिष्कारको घोषणा गर्ने डेमोक्रेट सिनेटर हुन् ।

दुई दिनअघि अमेरिकी नागरिक आन्दोलनका अगुवा, डेमोक्रेटिक पार्टीका सदस्य जोन लुइसले ट्रम्प वैधानिक राष्ट्रपति नभएको धारणा व्यक्त गरेकामा ट्रम्पले लुईसको चर्को आलोचना गर्दै डेमोक्रेटिक पार्टीमाथि नै तथानाम गाली गरेपछि सिनेटरहरु ट्रम्पको शपथ समारोहमा बहिष्कार गर्ने निर्णयमा पुगेका हुन् ।

गत नोभेम्बर ८ मा भएको राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनलाई हराउँदै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ट्रम्पलाई ५३८ मध्ये ३ सय ४ इलेक्टोरल भोट प्राप्त भएको छ भने हिलारीको पक्षमा २२७ इलेक्टोरल भोट मात्रै आएको थियो । तर पपुलर भोटमा भने ट्रम्पले भन्दा हिलारीले करिब ३० लाख बढी मत पाएकी थिइन् ।

सिनेटरहरुले सपथ समारोह बहिष्कारको निर्णय गरेपनि हिलारी भने उपस्थित हुनेछिन् । ट्रम्पका कट्टर आलोचक पूर्व राष्ट्रपति जर्ज डब्लु बुस, बिल क्लिन्टन पनि समारोहमा सहभागी हुने बताइएको छ । राष्ट्रपति निर्वाचनको प्रचारदेखि नै विवादास्पद अभिव्यक्ति दिँदै आउनु भएका ट्रम्प राष्ट्रपतिमा विजयी भइसकेपछि पनि उनीविरुद्ध अमेरिकाभर हजारौंले प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News