२० प्रतिशतले घट्यो ग्यालेक्सी ग्रयाण्ड म्याक्सको मूल्य



नयाँ दिल्ली, असार ५
timthumb (5) भारतमा सामसुङले आफ्नो स्मार्टफोन ग्यालेक्सी ग्रयाण्ड म्याक्सको मूल्यमा २० प्रतिशतसम्म कटौती गरेको छ। ग्यालेक्सि ग्रयाण्ड म्याक्स यही वर्ष फब्रुअरीमा १५ हजार ९ सय ९० भारतीय रुपैयाँमा सार्वजनिक गरिएको थियो। यसमा अहिले ३ हजार भारतीय रुपैयाँ कम भई १२ हजार ९ सय ९० रुपैयाँमा उपलब्ध छ।
 यो स्मार्टफोनमा ५.२५ इन्चको एचडी टीएफटी डिस्प्ले रहेको छ। ७.९ मिमि मोटाई भएको यो मोबाइलको तौल १६२ ग्राम रहेको छ।
 ग्यालेक्सी ग्रयाण्ड म्याक्समा १.२ जीएचजेडको  क्वालकम स्न्यापड्रयागन ४१० प्रोसेसर छ। यसको र्‍याम  १.५ जीबी र इन्टरनल मेमोरी १६ जीबी छ जसलाई मेमोरी कार्ड मार्फत ६४ जीबी सम्म बढाउन सकिन्छ।
यो स्मार्टफोनले एन्ड्रोइडको ४.४ किटक्याट अपरेटिङ सिस्टममा काम गर्छ।
 भारतमा ग्यालेक्सी ग्रयाण्ड म्याक्सको मूल्य घट्दा नेपालमा पनि घट्ने आशा गरिएको छ।
setopati

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News