नायब सुब्बाको दरखास्त फाराम भर्न तीन दिन थप



काठमाडौँ, माघ १८

लोकसेवा आयोगले राजपत्रअनङ्कित प्रथम श्रेणी (नायब सुब्बा)को दरखास्त फाराम भर्ने म्याद तीन दिन थपेको छ । आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले अनलाइनमार्फत फाराम भर्ने अत्यधिक उम्मेदवार भएको र फाराम भर्न प्राविधिक समस्या देखिएकाले यही माघ २८ गतेसम्म म्याद थप गरिएको जानकारी गराउनुभयो ।

उहाँले एकै पटक धेरै उम्मेदवारले फाराम भर्दा सर्भर अवरुद्ध हुन पुगेको बताउनुभयो । सर्भर अवरुद्ध भएपछि फाराम भर्ने आवेदकहरूले आयोगमा गई नाराबाजी गरेपछि सहसचिव कोइरालाले सूचना निकालेर तीन दिन म्याद थप गर्नुभएको हो ।

उहाँका अनुसार सुरु दस्तुरमा आगामी शुक्रबार र दोब्बर दस्तुरका लागि माघ २८ गतेको समय थप गरिएको छ । गत पुस २७ गते दरखास्त आह्वान गरिएको नासुको आज मङ्गलबारसम्म सुरु दस्तुर र माघ २५ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्न समय तोकिएको थियो ।

नासुमा चार सय ५६ जनाका लागि दरखास्तमा माग गरिएकामा अहिलेसम्म करिब २१ हजारले फाराम भरेको आयोगका दरखास्त सङ्कलन शाखाका अधिकृत नारायण गौतमले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News