रास्वपा चितवन सभापतिमा माधव खनाल निर्वाचित



काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ चितवनको सभापतिमा मिनि माधव खनाल निर्वाचित भएका छन्।

आइतबार सम्पन्न रास्वपा चितवनको प्रथम अधिवेशनबाट प्रतिस्पर्धीहरूलाई पराजित गर्दै खनाल सभापतिमा निर्वाचित भएका हुन्।

सभापति पदका लागि उम्मेदवार बनेका कृष्ण प्रसाद भुसाल र प्रकाश आचार्यलाई हराउँदै खनालले नेतृत्व हात पारेका हुन्। खनालले २२२ मतसहित विजय हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी भुसालले १११ मत र आचार्यले २२ मत प्राप्त गरे।

उपसभापति पदमा निर्मला गिरी निर्वाचित भएकी छन्। गिरीले १९० मत पाएर उपसभापतिमा बाजी मार्दा उनका निकटतम प्रतिद्वन्द्वी टिकादत्त इटनीले ८४ मत र प्रभाकार जोशीले ७३ मत मात्र पाए।

रास्वपा चितवनको सचिव पदमा तेजेन्द्र प्रसाद पौडेल १९४ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नेत्र लामिछाने १४५ मतमा सीमित रहे। यसैगरी, सहसचिव पदमा कुशल पाठक १८७ मत ल्याएर विजयी भएका छन्।

उक्त पदका अन्य उम्मेदवारहरू पार्वती पाण्डेले ६९ मत, बेद प्रसाद आचार्यले ५४ मत र चुम बहादुर जिसीले ३७ मत प्राप्त गरे।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्