पूर्वराष्ट्रपति बुस घर फिर्ता


 


होस्टन (अमेरिका) माघ १८

छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनुभएका अमेरिकी पूर्वराष्ट्रपति जर्ज एच।डब्लु बुस सोमबार अस्पातालबाट डिस्चार्ज हुनुभएको छ ।

उहाँलाई गत पुस पाँच गते होस्टन अस्पतालमा लगिएको उहाँको कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । उहाँको स्वास्थ्य अवस्थामा राम्रो सुधार भएपछि उहाँलाई घर फर्काइएको अस्पताल स्रोतले जनाएको छ ।

उहाँलाई स्वासप्रस्वासमा अप्ठ¥यारो महसूस भएपछि पूर्व सावधानीस्वरुप अस्पताल भर्ना गरिएको उहाँको कार्यालायले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको थियो ।

उहाँले गत जुन महिनामा ९२ वर्षको जन्मदिन मनाउनुभएको थियो । अस्पताल भर्ना गरिएपछि सार्वजनिक गरिएको स्वास्थ्य बुलेटिनमा उहाँको स्वास्थ्यमा त्यति धेरै समस्या नरहेको उल्लेख गरिएको थियो ।

उहाँ सन् १९८९ देखि १९८३ सम्म अमेरिकाको ४१औँ राष्ट्रपति बन्नुभएको थियो । पूर्वराष्ट्रपति बुस अस्पताल भनाई भइरहेकै बेला उहाँकी श्रीमती बारबारा पनि अस्पताल भर्ना हुनुभएको थियो ।

एकान्नब्बे वर्षीय श्रीमती बुसलाई श्वासप्रश्वास सम्वन्धी समस्या देखिएको थियो । उहाँ एक हप्ता अगाडि मात्रै डिस्चार्ज हुनुभएको थियो । रासस/सिन्ह्वा

प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्