संसदको विकास समितिको बैठक बस्दै



काठमाडौ ,  माघ २१

व्यवस्थापिका संसदको विकास समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित समिति कार्यलयमा बस्ने बैठकमा मेलम्ची खानेपानीको पाइपलाइन तथा पानी वितरण विस्तार आयोजनाका क्रममा खनीएका उपत्यका सडक मर्मतका सम्बन्धमा छलफल हुने जनाइएको छ । बैठकमा छलफलका लागि सरोकारवाला निकायका पदाधिकारीहरुलाई बोलाइएको छ । पाइपलाइन विस्तारका क्रममा खनिएका सडकलाई पुरानै अवस्थामा ल्याउन कम्तीमा पनि एक वर्ष लाग्ने सम्बन्धीत सरकोकारवाला पक्षको भनाई छ ।

पाइपलाइन विस्तारसँगै उपत्यकाका अधिकांश स्थानमा खनिएका सडकमा उड्ने धुलो र खाल्डोले सर्वसाधारणको दैनिक जनजीवन प्रभावित बनेको भन्दै समितिले चासो देखाएको हो । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव, खानेपानी विभागका महानिर्देशक, मेलम्ची खानेपानी आयोजना तथा सडक विभागका पदाधिकारीहरुलाई बोलाइएको छ ।

यस्तै काठमाडौ उपत्यका विकास प्राधिकरण तथा काठमाडौ महानगरपालिका सम्बद्ध पदाधिकारीलाई पनि छलफलका लागि बोलाइएको समिति सभापति रविन्द्र अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News