भारतको राष्ट्रपति कार्यालयमा आगलागी



नयाँदिल्ली, माघ २१

भारतको राजधानीमा रहेको राष्ट्रपति भवनमा शुक्रबार आगलागी भएको छ । सरकारी उच्च अधिकारीहरुले आगलागीबाट कुनै मानवीय क्षति भने नभएको स्पष्ट पारेका छन् ।

स्थानीय समयअनुसार बिहान ८:४० मा लेखा शाखाबाट आगलागी सुरु भएको थियो । आगलागीमा परी टेबल, कुर्सीसहित केही फर्निचर जलेको उनीहरुले जानकारी दिएका छन् ।

विद्युत् आपूर्तिमा भएको गडबडीका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको छ । बेलायतले भारतमा शासन गरेको बेला बनाइएको सो भवनमा ३०० कोठा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News