आज विश्व क्यान्सर दिवस्, जनचेतनामुलक कार्यक्रम गरी मनाईदै



काठमाडाैं, माघ २२

आज विश्व क्यान्सर दिवस्, “म सक्छु , हामि सक्छौ” भन्ने नाराका साथ नेपालमा पनि बिभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाईदैछ । क्यान्सर रोगविरुद्ध सचेतना जगाउने उदेश्यले हरेक वर्ष फेब्रुअरी ४ मा ‘विश्व क्यान्सर दिवस’ मनाउने गरिन्छ । नेपाल अर्बुद रोग निवारण संस्था, नेपाल क्यान्सर अस्पताल लगायतका विभिन्न सङ्घसंस्थाले विश्व क्यान्सर दिवस क्यान्सरसम्बन्धी चेतनामूलक कार्यक्रमका साथ मनाउन लागेका छन् ।

हरेकवर्ष लाखौं मानिसहरूको क्यान्सरका कारणले मृत्यु हुने गरेको छ । नेपालमा मात्रै क्यान्सर रोगका कारण वार्षिक १५ हजारको मृत्यु भइरहेको र वार्षिक ४० हजार नयाँ बिरामी थपिने गरेको वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले बताए  । नेपालमा फोक्सोको क्यान्सर, नाक, कान, घाँटी, आमाशयको क्यान्सर मुख्य समस्या बनेका छन् ।

त्यस्तै महिलामा पाठेघरको मुखको क्यान्सर पहिलो नम्बर र स्तन क्यान्सर दोस्रो नम्बरमा आउने गरेको छ । मुख र घाँटीको क्यान्सर अस्वाभाविक ढङ्गले बढ्दैगएको जानकारी दिँदै समयमै क्यान्सर रोगको उपचार हुनसके पूर्णरूपमा निको हुने चिकित्सक बताउछन् । सरकार मातहतमा रहेका १२ वटा अस्पतालको तथ्याङ्कले मात्र हरेक वर्ष १० हजार क्यान्सरका नयाँ रोगी पत्ता लाग्ने गरेका छन् ।

नेपालमा तेस्रो वा चौथो अवस्थामा मात्र क्यान्सर रोगका बिरामी आउनेगरेको भन्दै  त्यस्ता बिरामीका लागि आयु लम्ब्याउन मात्र सकिने नेसनल क्यान्सर अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पियाले जानकारी दिए ।

सुर्तीजन्य पदार्थलाई नेपालमा बन्देज लगाउनसके ४० प्रतिशत क्यान्सर रोगका बिरामी घट्ने चिकित्सकको अनुमान छ । क्यान्सर रोग जटिल र महँगो भएकाले सर्वसाधारणले उपचार गर्न कठिन भएको बिरामिहरुको गुनासो छ । सरकारले क्यान्सरको उपचारका लागी दिने १ लाख रुपैयाले उपचार सम्भव नहुने चिकित्सक स्वयम स्वीकार्छन् । क्यान्सर रोग लागिसकेपछि उपचारमा मात्र पाँचदेखि १० लाख रुपियाँ खर्च लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News