संसदमा विभिन्न मन्त्रालयगतको विधेयकहरु पेश हुदै



काठमाडाैं, माघ २३

व्यवस्थापिका संसदको बैठकमा आज विभिन्न मन्त्रालयगत विधेयकहरु प्रस्तुत हुदैछन् । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजेपछि बस्ने बैठकमा विभिन्न मन्त्रालयगत विधेयकहरु दफाबार छलफलका लागि पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बोनस पाँचौ संशोधन विधेयक र संघिय आकस्मिक कोष विधेयक दफाबार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेश गर्ने तयारी भएको छ । त्यस्तै वातावरण संरक्षण समितिका सभापति जनकराज चौधरीले समितिको वार्षिक प्रतिवेदन सदनमा पेश गर्ने कार्यसुची रहेको छ भने विकास समितिका सभापति रविन्द्र अधिकारीले विकास समितिको अनुगमन एवम् मुल्यांकन प्रतिवेदन पेश गर्ने कार्यसुची रहेको संचिवालयले जनाएको छ ।

विकास समितिको प्रतिवेदनमाथि उठेका प्रश्नको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक, संघिय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे र सुचना तथा सन्चारमन्त्री सुरेन्द्र कार्कीले जवाफ दिने कार्यसुची रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News