बिमस्टेक को बैठक आजबाट काठमाडौंमा


 


काठमाडाैं, माघ २३

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग ‘बिमस्टेक’ को बैठक काठमाडौंमा आजबाट शुरु हुँदैछ । काठमाडौंमा ३ दिनसम्म चल्ने बैठकमा नेपालसहित भारत, बंगलादेश, भुटान, म्यानमार, श्रींलका र थाइल्याण्डका वाणिज्य र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकृतको सहभागिता रहने छ ।

सम्मेलनमा आर्थिक तथा व्यापारिक विकास सम्बन्धि एजेन्डामा छलफल हुनुका साथै सामाजिक–आर्थिक विकासका १४ क्षेत्रमा भएका प्रगतिको समीक्षा समेत गरिने छ । बिमस्टेकको अध्यक्ष समेत रहेको नेपालका तर्फबाट जलस्रोतको विषयलाई कसरी उपयोगमा ल्याउने र यस क्षेत्रकै विकासमा टेवा र्पुयाउने, लगाायतका योजना प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए  ।

पौडेलका अनुसार अधिकृतस्तरीय बैठक आज, सहसचिवस्तरीय बैठक भोली र परराष्ट्रसचिवस्तरीय बैठक पर्सी हुनेछ । पौडेलका अनुसार अधिकृतस्तरीय बैठक आज, सहसचिवस्तरीय बैठक भोली र परराष्ट्रसचिवस्तरीय बैठक पर्सी हुनेछ । बैठकमा अगामी शिखर सम्मेलनको मिति र आगामी कार्ययोजना, गरिबी निवारण, व्यापार तथा लगानी, यातायात र सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, कृषि, वातावरण तथा विपद् व्यवस्थापन, जनस्वास्थ्य, सदस्य देशका जनता–जनताबीचको सम्पर्क विस्तार, प्रतिआतङ्कवाद र अन्तरदेशीय अपराध नियन्त्रण तथा जलवायु परिवर्तन लगायत विषयमा छलफल हुने पौडेलले बताए । नेपाल लगायत बिमस्टेक सदस्य राष्ट्रका युवा विदेशमा काम गरिरहेका बेला परेको समस्या समाधानबारेपनि बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति: २३ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्