महाअभियोग समितिले तयार पारको प्रतिवेदन संसदमा बुझाइदै



काठमाडौँ, माघ २८

तत्कालिन अख्तियार दुरुपयोग अन्सन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव बारे महाअभियोग सिफारिस समितिले तयार पारेको प्रतिवेदन आज संसदलाई बुझाइदै छ ।

सर्वोच्च अदालतद्धारा बर्खास्तमा परेका अख्तियार प्रमुख कार्कीमाथिको महाअभियोग प्रस्ताव माथि समितिले तयार पारेको प्रतिवेदन आज सभामुख ओनसरी घर्ती मगरलाई बुझाउन लागेको हो ।

महाअभियोग सिफारिस समितिले कार्कीमाथि महाअभियोग लगाउनु नपर्ने प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनले कार्कीमाथि महाअभियोग लगाउने प्रसस्तै कारण भेटे पनि कार्की पद मुक्त भइ सकेकाले महाअभियोग लगाउनुको औचित्य नभएको भन्दै समितिले महाअभियोग लगाउनु नपर्ने जनाएको हो ।

महाअभियोग समितिले भोली सम्ममा आफ्नो प्रतिवेलदन बुझाइ सक्नु पर्ने छ । गत पुस ३ गते संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा ७ बुँदामा अभियोग लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News