आज अख्तियारको २६ औ स्थापना दिवस


 


काठमाडौँ, माघ २८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो २६ औं स्थापना दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छ । दिवसको अवसरमा सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा विशेष कार्यक्रम समेत आयोजना गरिएको छ । उ्क्त कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्नेछन  । २०३२ सालमा स्थापना भएको अख्तियार सार्वजनिक क्षेत्रको भ्रष्टाचारको अनुसन्धान गरी दोषी पाइएकालाई मुद्दा दायर गर्न पाउने संवैधानिक निकाय हो ।

धेरै आलोचना र कम मात्र स्याब्बासी पाउँदै आएको अख्तियारले समय अनुसार अनुसन्धान पद्धती सुधार गर्न नसकेको आरोप लाग्ने गरेको छ ।

विभिन्न सूचकले देशमा भ्रष्टाचारको अवस्था घट्न नसकेको देखाइरहेका बेला अख्तियारले गुमेको शाख आर्जन गर्दै अनुसन्धान पद्धतीलाई बलियो बनाउनुपर्नेमा अख्तियारका पूर्व आयुक्त तथा आयुक्तहरुले जोड दिएका छन् ।

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्